मर्चवार १६ बैशाख÷कोटहीमाई गाउँपालिकाले सिद्धार्थनगर सिटि अस्पताललाई ८ लाख भुक्तानी गरेको छ । २०८० चैत १ गते कोटहीमाई गाउँपालिका वडा नं. ५ दुईमहोनमा भएको टे«क्टर दुर्घटनामा परी घाइते भएकाहरुको उपचारको लागि शुक्रबार बसेको स्थानीय तह बिपद् ब्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार रकम पठाइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
कोटहीमाई गाउँपालिकाबाट ४ लाख ५० हजार, कोटहीमाई गाउँपालिका वडा नं. ५ बाट ५० हजार र वडा नं. ७ बाट ३ लाख गरी कुल ८ लाख पठाइएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । वडा नं. ७ ले आर्थिक वर्ष २०८०÷०८१ मा अवलोकन भ्रमणको लागि बिनियोजन गरेको ३ लाख बजेटलाई परिवर्तन गरी उपचार खार्चको लागि दिएको वडाध्यक्ष पवन कुमार यादवले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय मझगावाँका अनुसार चैत १ गते कोटहीमाई ७ दुबे कटयाका रमापति सहानीको घरमा घागवतको लागि दुईमोहानमा जल भर्न गएको लु १ त ५५४७ नम्बरको टे«क्ट पल्टिदा ३३ जना घइते भएका थिए ।
दुर्घटनामा परि भाइते भएका ३३ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले २७ दिन सम्मा विभिन्न शल्यकृया गरी भर्ना गरि उपचार गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेले जानकारी दिएका छन् । उनले भने ‘समान्य घाइते भएको धेरैले २ देखि ८ दिन सम्म उपचार गरी डिस्चार्ज गरिएको थियो तर कोटहीमाई ७ कि सुमित्रा यादव, शारधा मुराव, शिवशंकर दुबे, ज्ञानमति मुराव र उर्मिला यादवको अवस्था गम्भीर रहेकोले आइसियूमा भर्ना गरी उपचार गरिएको थियो । कसैको हात, कसैको खुट्टा र कसैको इएनटी सम्बन्धी शल्याकृया गनुपरेको थियो । उहाँहरु २७ दिन सम्म भर्ना रहेका थिए ।’
सम्पूर्ण उपचारमा करीब २२ लाख भएको खर्चमा सुरुमा रुपन्देही क्षेत्र नं. ४ का पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले ५० हजार दिएका थिए र अहिले कोटहीमाई गाउँपालिका ८ लाख दिएको प्रबन्ध निर्देशक पौडेले बताए । अरु बक्योता रकम प्रदेश सरकारबाट आउने आसवासन पाइएको उनले बताए ।