स्ववियु भैरहवा बहुमुखी क्याम्पसद्वारा नृत्य तथा दर खाने कार्यक्रम

मर्चवार न्यूज 367+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

भैरहवा, २० भदौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, भैरहवाले नृत्य एवं दर खाने कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्याम्पसमा कार्यक्रम गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुबीच एकआपसमा अझ आत्मीयता बढाउने विश्वास व्यक्त गरिन् ।

स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सह–सचिव गौरव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्व सहायक क्याम्पस प्रमुख अरुणा भुसाल तिवारी लगायतले बोल्नुभएको स्ववियु सदस्य आशिष पन्तले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार