मर्चवार १६ भदौ÷मर्चवार युवा समाजद्वारा कडा कारवाहीको माग गर्र्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन बुझाइएको छ । मर्चवारमा भएको जबरजस्ती करणीको घटनाको आरोपमा पक्राउ परेको ३ जनालाई बचाउन सडयन्त्र भइरहेको भन्दै निश्पक्ष छानबीन गरी अपराधीलाई करावहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी राम चन्द्र आर्याल मार्फत प्रमुख जिल्ला अधिकारी गणेश आर्याललाई समाजका विभिन्न सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
एक किशोरीलाई जबरजस्ती करणी गरेका आरोपमा हिजो १५ गते प्रहरीले पक्राउ गरेको कोटहीमाई गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेयका छोरा बन्टी भन्ने शैलेश पाण्डलाई कडा कारवाहीको माग गर्दै समाजले ज्ञापन पत्र बुझाएको हो ।
कडा कारावही नभए मर्चवार युवा समाजले कडा अन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।