मर्चवार १४ असोज । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बढीको गएको विभिन्न टोलबस्तीमा चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण सुरु भएको छ । बाढीबाट फैलिने विभिन्न रोगब्याधीलाई नियन्त्रण गर्न टोल टोलमा पुगेर सचेतना फैलाउनुको साथै स्वास्थ्य परीक्षण सुरु गरिएको सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले जानकारी दिएका छन् ।
बाढी पसेको सम्मरीमाई गाउँपालिका वडा नंं ७, ५, ४ र ३ को विभिन्न टोललाई लक्षित गरी स्वास्थ्य परीक्षण सुरु गरिएको शाखा प्रमुख माझीले जानकारी दिएका छन् । बाढी पसेको बस्तीमा झाडा पखाला, डेंगू, औलो, पेटको दुखाई, उच्च ज्वरो, रुघखोकी लगायतल विभिन्न रोगब्याधीको सम्भावना उच्च हुने भएको भन्दै चेकजाँच गरी आवश्यकता अनुसार औषधी वितरण गरिहेको शाखा प्रमुख माझीले जानकारी दिएका छन् ।