बैष्णोमाता स्वावलम्बनको नाफा ४ लाख बढी

मर्चवार न्यूज 152+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

मर्चवार । श्री बैष्णोमाता स्वावलम्बान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनीबार सहकारीको आर्थिक वर्ष २०८०÷०८१ को आय ब्यय प्रस्तुत गर्दै संस्थाले उक्त सभा सम्पन्न गरेको हो ।

संस्थाको कार्यबाहक अध्यक्ष बाकेलाल मौर्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ४ लाख २ हजार ५ सय ५४ नाफा गरेको बताए । संस्थाले विभिन्न शिर्षकबाट ब्याज तथा सेवाबाट आमदानी गरी उक्त नाफा गरेको कार्यबाहक अध्यक्ष मौर्यले बताए । संस्थाले संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ७७ लाख ६८ हजार ८ सय ७४ रुपैयाबाट बृद्धि भई ४ करोड २९ लाख ६८ हजार ९३६ रुपैया कायम गरेको कार्यबाहक अध्यक्ष मौर्यले बताए । गत आर्थिक वर्षमा संस्थाले १ हजार १ सय २१ जनाबाट विभिन्न किसिमको ३ करोड ५५ लाख ९५ हजार ५१८ रुपैया बचत गरेको संस्थाका कार्यवाहक अध्यक्ष मौर्यले बताए । उक्त बचतहरुबाट ३१ लाख ८४ हजार २ सय ३३ रुपैया ब्याज प्रदान गरिएको कार्यबाहक अध्यक्ष मौर्यले जानकारी दिएका छन् । 


कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले मर्चवारमा एकैपटक १४ वटा सहकारी दर्ता भइ अन्य सहकारीले २५औँ साधारण सभा मनाइरहेको अवस्थामा बैष्णोले २३औँ साधारण मनाउनु दुःखद रहेको बताए । साधारण सभामा सहकारीका हरेक शेयर सदस्यहरुले सहभागी हुनपाउने ब्यवस्था रहेको हुँदा साधारण सभा हुँदा सबै सदस्यहरु उपस्थित हुन उनले आग्रह गरे । उनले भने ‘सहकारीमा शेयर पुँजी भन्दा सदस्य संख्याको आधारमा मतदान हुन्छ । सहकारीको १ शेयर भए पनि सहकारीको शेयर खरीद गरी शेयर सदस्य बन्न आमनागरिकहरुमा अनुरोध गर्दछु ।’ सहकारीमा आवद्ध भएका पदाधिकारी तथा सदस्यहरुले सहकारीको कानुन ब्यवस्थालाई पुर्ण रुपमा जानकारी हुनका लागि गाउँपलिकाले सहकारी तालिम संचालन गर्न उनले आग्रह गरेका थिए । सहकारीको शेयर सदस्य योग्यता पुगेका सबै स्थानीयवासीहरुले बन्न पाउने र नेतृत्व गर्न पाउने ब्यवस्था रहेको जानकारी गराउदै सहकारीलाई कुनै जात, धर्म, वर्ग वा समुदायसंग नजोडन उनले आग्रह गरेका थिए । साधारण सभाको अवसरमा संस्थाको कमी कम्जोरी लगायत आवश्यक जानकारीको लागि हरेक सदस्यले सोध्न पाउने अधिकारी रहेको हुँदा मनमा लागेको कुरा खुलेर बोल्न प्रमुख अतिथि पंगेनीले आग्रह गरेका थिए । सभामा उठेको सवाल वा गुनासोलाई सम्बोधन गरी कर्यन्वयन समेत गर्न प्रमुख अतिथि पंगेनीले आग्रह गरेका थिए ।   

मर्चवारी गाउँपलिका वडा नं. १ का वडाध्यक्ष तथा संस्थाका पुर्व ब्यवस्थापक कृष्ण कुमार सिंह सहकारी बिरोधीहरुले सहकारीलाई आफ्नो कब्जामा लिएर सोषण गर्ने प्रसाय गरिरहेको बताए । संस्थाको साधारण सभा तथा नयाँ कार्यसमितिका छनौटका लागि विभिन्न चरणमा प्रयास गरेको बताउदै सकारीको सदस्य समेत नरहेको ब्यक्तिहरुले बिथोलेको बताए । विभिन्न चुनौतीको सामना गर्दै सहकारीलाई नयाँ समिति दिन र साधारण सभा गराउन सफल भएको बताए । नयाँ आएका समितिले सहकारीलाई कुसलतापुर्वक कार्य गरी संस्थालाई अगाडी बढाउन उनले आग्रह गरेका थिए । 

जिल्ला सहकारी संघका सदस्य तथा श्री भवानी स्वावलम्बनका बहुृद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारीले बिसम प्रस्थितीमा ५ रुपैयाबाट सुरु भएको स्वावलम्बन करोडमा पुगेको बताए । सहकारीका लगानी कर्ता नै संस्थाको नेतृत्व गर्ने भएको ब्यवस्थाले सहकारीलाई सबैको साझा संस्था बनाएको उनले बताए । थोरै समयमा सहज रुपले ऋण उपलब्ध गराएको संस्थामा ऋणीले सयममा ब्याज र साँवा फिर्ता गर्न आग्रह गरे । सहकारीलाई बदनाम गर्ने विभिन्न सडयन्त्रले काम गरीरहेको जानकारी गराउदै सहरकारीलाई फोहोर राजनिति र सहकारी विखण्डनकारीबाट जोगाउन सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह गरेका थिए । 

कार्यक्रममा धनलक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक कलमनाथ गुप्ता, कोटहीमाई सहकारी संजालका अध्यक्ष दुर्गा प्रसाद कुर्मी लगायत सहकारीका विभिन्न सदस्यहरुले मनतब्य राखेका थिए ।

राम अनुज प्रताप नारायण तिवारीको संचालनमा सम्पन्न उक्त सभामा संस्थाका ब्यवस्थापक पुष्पाञ्जली सिंहले स्वागत मनतब्य राखेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार