पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा देउँसी भैलो कार्यक्रम

हृदयराम गुप्ता 121+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

महेश गुप्ता

भैरहवा, ९ मंसिर । पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा देउँसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । समाजका अध्यक्ष भीम बहादुर थापाको अध्यक्षतामा भैरहवा नगर भित्रका विभिन्न ठाउँमा देउँसी भैलो गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीम बहादुर थापाले भने ‘पक्लिहवा माविको याे एेतिहासिक कार्य  जसबाट अन्य विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई थप हौसला मिलोस्’

उक्त देउँसी भैलाे कार्यक्रममा पक्लिहवा म.वि. का वर्तमान तथा भूतपूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी व्यवस्थापन समिति परिवार, पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजका पदाधिकारीहरु सहितको ३५ जनाको टोलीको सहभागिता रहेको थियो ।

चन्दन राना, माधव शर्मा, मनिषा थापा, अर्पणा गुरुङ्गको संयोजकमा सम्पन्न सो कार्यक्रमको उद्देश्य आफूले पढेको विद्यालयको भौतिक, आर्थिक, शैक्षिक पक्षमा प्रत्यक्ष टेवा पुर्याउनका लागि विद्यालयको कोष वृद्धि गर्ने उद्देश्य रहेको पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष नितु क्षेत्रीले जानकारी गराएकी थिइन् ।

४ दिनसम्म चलेको देउँसी भैलो कार्यक्रम समाजका महा सचिव माधव शर्माको सञ्चालनमा संपन्न भएको थियो ।

वि.स. २०६५ मा स्थापना भएको यस पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार