होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते

मर्चवार न्यूज 367+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

भैरहवा। रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गोली चलेको छ । गएराति १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिनुभयो । 

डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षिय मीन बहादुर सामान्य घाइते हुनुभएको थियो । ‘भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उहाँको डिस्चार्ज भएको छ, ’डीएसपी कार्कीले भन्नुभयो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार