मर्चवार ४ फागुन÷ श्री जनता माध्यमिक विद्यालय मर्चवारी–५ ओडवलियामा सम्पन्न विद्यालय ब्यवास्थापन समितिको निर्वाचनमा श्याम भवन कुर्मी प्यानल बिजयी भएको छ । शुक्रबार भएको उक्त निर्वाचनमा सदस्य पदको उम्मेदवार कुर्मीले प्रतिपक्षी उम्मेदवार प्रदुमन यादव भन्दा ३८ मत बढी ल्यायी निर्वाचित भएको मर्चवारी गाउँपालिकाको शिक्षा शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् ।
उक्त विद्यालयमा रहेका ६ सय ७८ मतदाता (अभिभावक) मध्ये ४ सय ७४ जना मतदान गरेका शिक्षा शाखा प्रमुख शाहले जानकारी दिएका छन् । खसेको मतमा निर्वाचित सदस्य श्याम भवन कुर्मीले २ सय ५२, केशव प्रसाद मौर्यले २ सय ४७, महिला सदस्य लक्ष्मीना गुप्ताले २ सय ४१ र गइतिरा चमारले २ सय ४४ मत ल्यायी निर्वाचित भएको शाहले बताए ।
यसैगरी शिक्षा शाखा प्रमुख शाहले दिएको जानकारी अनुसार आर्को प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका प्रदुमन यादवले २ सय १४, भरथरी चमारले २ सय ७, महिला सदस्यमा इन्दा कुमारी भरले २ सय २ र मीना हरिजनले २ सय ७ मत ल्याएका थिए ।
Jit ko lagi dheray dheray baddhai tatha shubhkamna hamro taraf safal karyakal rahosh