गजल: बेचिदेऊ !

Marchuwar News 1+ समाचार ( )
भोज विवश मगर
१३ माघ २०७८, बिहीबार


तिम्रो ब्याज बेचिदेउ अनि साउँ बेचिदेऊ।।
ढुकुटी बढाउन चल्ला र माउ बेचिदेऊ।।

पैसाको ध्वाँस ठगेर लिलाम गर्छौ नैतिकता
के नै बाँकि राख्यौर?आमा बाउ बेचिदेऊ।।

जँगल तिम्रै हो माटो तिम्रै हो फटाहाले सुन
नबेच भन्दा रिसाउला अब त गाउँ बेचिदेऊ।।

मेरो विचारलाई खिल्लि उडाउने  छेरुवाहरु,,
अब त भसक्कै न्वारन गर्दा नै नाउँ बेचिदेऊ।।

अरु त तिमी भन्दा माथि जानै नहुने हो हगि,
तिम्रै हो ठेक्का चारकिल्ला पुरै ठाउँ बेचिदेऊ।।

हामीलाई मेहनतको फल चाहिन्छ भन्दाखेरी
छैन श्रोत भनिभनि रेट्ने त्यो दाऊ बेचिदेऊ।।

रातदिन कौडा खेलेर पनि रित्तिन भकारी तिम्रो
यस्तै गरि पेलाउने अचम्मको भाऊ बेचिदेऊ।।

गरिबकै ईमानदारीतामा बेकुफ राजनीति नगर,
मोटाउँछौ अझै गरिबको ठूलो घाऊ बेचिदेऊ।।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै