बृद्धा भत्ता लिन गएका धुनिया मृत अवस्थामा फेला

महेश गुप्ता 92+ समाचार ( )
६ जेठ २०८१, आइतबार

मर्चवार ६ जेठ÷रुपन्देही कोटहीमाई वडा नं. ७ का हबिबुल्लाह धुनिया मृत अवस्थामा फेला परेका छन् । एनआईसी एशिया बैंक मझगावाँ शाखामा आफ्नो बृद्धा भत्ता लिन घरबाट बिहान ६ः१५ मै निस्केका उनी बैंकको छेउमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।

भत्ता लिन लामो लाइनमा बस्नु पर्ने हुन्छ, लाइनमा आफु पहिला पर्न उनी बिहान बैंक पुगेका थिए । बैंक अगाडी आफ्नो साइकल राखेर भित्तामा अडेस लगाई थकान मार्दै बसेको अवस्थामा देखेका प्रत्यक्षर्दीले बताए । केही समय पछि उनी मृत अवस्थामा बैंक अगाडीको नहरमा फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार