भैरहवा । रुपन्देहीको भैरहवामा ‘द डेली ग्राइण्ड क्याफे’ तथा अल इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशन समेत सञ्चालनमा आएको छ ।
सञ्चालक इन्दु कुँवरले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित मेउडिहवा जाने रोडमा सञ्चालनमा आएको यो प्रतिष्ठानमा विद्युतीय सवारीसाधन छिटोछरितो चार्जिङ गर्नुका साथै क्याफे सेवा उपलब्ध रहेको बताइन् । ‘पछिल्लो समय ईभी गाडी धेरैको रोजाइमा पर्न सफल भएको छ, ’उनले भनिन्–‘गाडी चार्ज हुन लाग्ने ३० देखि ४५ मिनेटको अवधि (समयमा) सवारीचालक तथा यात्रुहरुले क्याफेमा बसेर चिया, कफि, बेकरी आईटम, खाजा–नास्ता खाना सक्नुहुनेछ ।
‘द ग्राइण्ड क्याफे’ को शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता, श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठ तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरका अध्यक्ष गणपति चन्द्रमणि पौडेल, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी,समाजसेवी अमित कुमार गुप्ता, कैलास गुप्ता अमर नारायण गुप्ता, प्रशांत गुप्ता (महेंद्र),भीम गुप्ता, शाहील इद्रिसी , सदानंद गिरी, धीरज मल्लिक, नबाब मुस्लमान, पत्रकार शशि पन्थी,महेश गुप्ता, रबिन्द्र प्रताप गुप्ता लगायतको उपस्थिति थियो ।
