पर्यटन मन्त्री पौडेलद्वारा मर्चवारीदेवीको दर्शन

मर्चवार न्यूज 372+ समाचार ( )
२० वैशाख २०८३, आइतबार

मर्चवार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारस्थित मर्चवारीदेवी मन्दिरमा दर्शन गर्नुभएको छ। शनिबार मन्त्री पौडेलले मन्दिरमा पुगेर पूजाआजा गरी दर्शन गर्नुभएको हो।

मर्चवारको प्रमुख धरोहरको रूपमा परिचित मर्चवारीदेवी मन्दिरप्रति संघीय सरकारको चासो रहेकाले मन्त्री पौडेल दर्शनका लागि आउनुभएको प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले बताउनुभयो। उहाँका अनुसार मन्त्री पौडेलले मन्दिरको भौतिक संरचना तथा समग्र अवस्थाबारे जानकारी लिनुभएको थियो।


रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य बनियाले मर्चवारीदेवी मन्दिरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न माग गरिएपछि मन्त्रालयको चासो बढेको उल्लेख गर्नुभयो। यसले मन्दिरको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस मन्दिरमा नेपालका पूर्व राजा स्वर्गीय वीरेन्द्र शाह तथा पूर्व राजा ज्ञानेन्द्र शाहसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूले विभिन्न समयमा दर्शन गर्दै आएका छन्। साथै, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू पनि यहाँ पटक–पटक दर्शनका लागि आउने गरेका छन्।

केही महिना अघि वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि मन्दिरमा दर्शन गर्नुभएको थियो। त्यसैगरी, जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका तथा हाल सांसद रहेका पुर्सोत्तम यादवले पनि मन्दिरमा दर्शन गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार