अवधेश विश्वकर्मा
मर्चवार, २५ पुस/जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच संस्थाको आय ब्यय प्रस्तुत गरी उक्त सभा मर्चवारी गाउँपालिका वडा नं. ५ महुवारी स्थित संस्थाको पुरानो प्राङ्गणमा सम्पन्न भएको हो ।
बुधबार सम्पन्न उक्त साधारण सभा तथा अधिवेशनले फुलमन पटेललाई पुनः अध्यक्ष पदमा सर्व सम्मतले निर्वाचित गरेको छ । उनको अध्यक्षतामा अगामि ४ वर्षको लागि चयन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षमा जमुरता चौधरी, कोषाध्यक्षमा त्रिलोकी पाठक, सचिवमा पल्टु चौधरी रहेका छन् । यसैगरी सदस्यमा उर्मिला देवी बरई, श्रीनिवास उपाध्याय, दानकुवर यादव, शैलेश कुमार यादव, चन्द्रवती यादव रहेका छन् ।
यस्तै ३ सदस्यीय लेखा समिति पनि चयन गरिएको छ । जसको लेखा संयोजकमा सीताराम यादव, सदस्यहरुमा उमेश प्रसाद चौधरी, शारदा देवी चौधरी रहेका छन् ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष फुलमन पटेलले सबैको सहयोगमा संस्थालाई अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । उनले २०५४ सालदेखिको सबैको सहयोगले नेतृत्व गर्दै संस्थालाई १६ करोडको कारोबार सम्म पु¥याउन सफल भएको बताए ।
सभामा संस्थाको वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक दिनेस मौर्यले संस्थाले आ.व. २०७९÷०८० मा १६ करोड ३४ लाख २९ हजार ४ सय ४९ रुपैया २४ पैसाको कारोबर गरेको बताए । यस अवधिको कारोबार गरी संस्थाले २० लाख २३ हजार १ सय २५ रुपैयाँ ५९ पैसा नाफा गर्न सफल भएको मौर्यले जानकारी दिएका छन् ।
४ सय ७९ जना महिला ५ सय ६९ जना पुरुष गरी जम्मा १ हजार ४८ जना सदस्य रहेको उक्त संस्थाले ७ करोड १९ लाख ६६ हजार रुपैयाँ ऋण लगानी गरेको व्यवास्थापक मौर्यले बताए ।
यस्तै संस्थाको वार्षिक बजेट प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले कुल २१ करोड ४८ लाख २४ हजार १ सय ४६ रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको उनले बताए । साथै संस्थाले सदस्यहरुलाई सहकारी तालिम गराउने, बाल बचत कार्यक्रम संचालन गर्ने, सम्पूर्ण रेमिटांसको व्यवस्था मिलाउने लगायतको लक्ष्य राखेको उनले जानकारी दिएका छन् । गोबर ग्यास बनाउने सदस्यलाई निव्र्याज कर्जा दिने, दुई बच्चा जन्माएर परिवार नियोजन गर्ने सदस्यलाई २ हजार पुरस्कार दिने लगायतका आकर्षक सुविधाहरु दिने संस्थाका व्यवस्थापक मौर्यले बताएका थिए ।
सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउँपालिका अध्यक्ष गया बरईले मर्चवारी गाउँपालिका भित्रका विभिन्न संस्थाहरुलाई अनलाइन बिल काट्नका लागि ल्याटप उपलब्ध गराउने घोषणा गरेका थिए । उनले मर्चवारी गाउँपालिकाद्वारा पालिका भित्रका सम्पूर्ण संस्थाहरुलाई तालिम दिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले संघसंस्थाहरु गाउँपालिकाको नीतिनियममा अधिन रही संचालन भएमा सघंसस्थाहरुलाई गाउँपालिकाबाट सहयोग गर्ने वाचा गरेका थिए ।
मर्चवारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण कुमार सिंहले सहयोगको लागि संस्था तथा वडाको समन्वय हुनु आवश्यक रहेको बताएका थिए । स्वावलम्बनले किसानलाई आत्मनिर्भर बनाउने संस्था भएकोले यसमा अबद्ध भई आफूलाई सक्षम बनाउन जनतालाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका सदस्य समेत रहेका मर्चवारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ओमप्रकाश चौधरीले आफुले सहकारीलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले सहकारी संस्थाले प्रपोजल बनाई माग गरेमा वडाबाट सहयोग गर्ने उनले प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देही बचत संघका जिल्ला सदस्य तथा भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि. का व्यवस्थापक अशोक कुमार तिवारीले गाउँपालिकाबाट एक घर एक सहकारी शिक्षा अभियान सुरु गरी जनतालाई सहकारी तालिम प्रदान गर्ने माग गरेका थिए । उनले सहकारीको बरेमा जानकारीको नहुँदा धेरै मानिसले आफ्नो पूँजी सहकारीमा न जमा गरी बैँक तथा लघुवित्तमा जमा गरिरहेको बताएका थिए ।
उक्त सभामा सम्मान कार्यक्रम अन्र्तगत संस्थामा बचत गर्ने सर्वाेत्कृष्ठ बचतकर्ता, ज्येष्ठ सदस्यहरुलाई साल तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । संस्थामा संचालित वृद्धभत्ता कार्यक्रम अन्र्तगत वृद्धाहरुलाई वार्षिक १ हजार ८ सय रुपैयाँ वृद्धा पेन्सन पनि प्रदान गएिको थियो । साथै बालबचत गर्ने १२५ जना बालबालिकालाई संस्थाले कापी, कलम, व्याग पनि प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष फुलमन पटेलको अध्यक्षता तथा उक्त संस्थाका सचिव पल्टु चौधरीको स्वागत मन्तव्यमा सम्पन्न सो कार्यक्रम सोही संस्थाका कर्मचारी जर्नादन प्रसाद यादवले संचालन गरेका थिए ।