मर्चवार, २१ चैत/रुपन्देहीको कोटहीमाई गाउँपालिकाको १३औँ अधिवेशन सम्पन्न भएको छ । विभिन्न कार्यविधि, नियमावली, रणनिति तथा ऐन पारित संगै विभिन्न योजनाहरु आवश्यकता अनुसार परिवर्तन गर्दै बुधबार कोटहीमाई गाउँपालिकाको सभा हलमा उक्त अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट अनुगमन तथा सुपरिवेक्षण कार्यविधि २०८०, आन्तरिक पर्यटन सम्बन्धी कार्यविधि २०८०, कोटहीमाई गाउँपालिकाको सामाजिक समावेशिकरण नीति २०८०, कोटहीमाई गाउँपालिका भ्यागुते, चरचरे, खारेत लम्पि स्किन र पिपिआर रोग नियन्त्रण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिका ब्यवसायिक गाई, भैंसी, बंगुर, बाख्रा पन्छी तथा मतस्य फर्म दर्ता कार्यविधि २०८०, अनुदान संचालन हुने कृषि सम्बन्धि कार्यक्रम कार्यन्वयन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता ऐन २०८०, कोटहीमाई गाउँपालिका नगर प्रहरी संचालन तथा ब्यवस्थापन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसंचालन कार्यविधि २०८०, राजस्व परामर्श सम्बन्धि कार्यविधि २०८०, सार्बजनिक लेखा समिति कार्यसंचालन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिका संहिता विधेयक २०८०, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोष आवद्ध कार्यविधि २०८०, विषयगत समितिहरु कार्यसंचालन कार्यविधि २०८०, कोटहीमाई गाउँपालिका शिक्षा नियमावली २०८०, शैक्षिक छात्रबृत्ति वितरण कार्यविधि २०८०, पञ्चवर्षीय रोजगार रणनिति योजना २०८०, कोटहीमाई गाउँपालिका स्वास्थ्य निति २०८० र कोटहीमाई संवाद मंच संचालन तथा ब्यवस्थापन कार्यविधि २०८० पारित भएको कार्यविधि, नियमावली, रणनिति तथा ऐन निर्माण समितिका संयोजक तथा कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनीले जानकारी दिएका छन् ।
यसैगरी गाउँपालिकाको १३ औँ अधिवेशनले आ.व. २०८०÷०८१ को लागि निर्माण गरिएको विभिन्न योजनाहरु कार्यन्यनमा कठिनाई तथा समयमा सम्पन्न हुने नसकेको विभिन्न योजनाहरु सर्बसम्मतले परिवर्तन गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् ।
सम्पन्न उक्त अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसभापति रामकृपाल धोबीले स्थानीय तहमा समन्वय र सहकार्यको भावनाले काम गरियो भने समाजको विकास गर्न समय नलाग्ने बताए । मर्चवारको अन्य स्थानीय तह भन्दा कोटहीमाई गाउँपालिकाको वातावरण, आर्थिक विकासको सम्भावना बढी रहेको बताउदै कर्मचारी र जनप्रतिनिधि एक आपसमा समन्वय राखी जिम्मेवारीका साथ काम गर्न आग्रह गरेका थिए ।
कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले आफुले निर्वाचित भएर आएदेखि नै कसै बिच कुनै भेदभाव नराखी काम गरेको बताए । उनले भने ‘ यस गाउँपालिकाको विभन्न वडामा विभिन्न पार्टीबाट निर्वाचित भएर आएका छन तर बजेट सिलिङ्ग संगै अन्य सेवामा सधै एकरुपता गरेका छौँ । हामी निर्वाचित भएर आएदेखि कुनै एक पार्टी, समुदाय जती वा वडाको लागि होइन सम्पूर्ण गाउँपालिकावासीहरुको लागि हऔँ । निस्पक्ष रुपले काम गरिरका छौँ ।’ पहिलाको तुलनामा बजेटहरु घटेर आइरहदा पनि कामको तुलना गर्दा अहिले बढी काम भइरहेको बताए । कोटहीमाई गाउँपालिका केही महिना प्रमुख प्रशासकीय अधिकृत बिहिन भइ विकास निर्माणमा असर पुगेको भन्दै मर्चवारी गाउँपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले कोटहीमाई गाउँपालिकाको पनि कामकाज सम्हालेको भन्दै उनलाई धन्यवाद ब्यक्त गरेका थिए ।
यसैगरी कोटहीमाई ४ का वडाध्यक्ष बेचुराम पालले विकास गर्न बढी इच्छुक रहेको बताउदै आम समुदाय तथा अन्य पार्टीका प्रतिनिधिले समन्वय र सहकार्य तथा सुझाव दिन आग्रह गरेका थिए । उनले भने ‘ यो स्थानीय तह हो स्थानीयको माग अनुसार नै बजेट तथा निति नियम बनाउने हो । हामीलाई जसले जति आलोचना गरेपनि त्यसलाई अलोचना हैना सुझावको रुपमा लिएर आगडी बढने छौँ ।’
कार्यक्रममा बोल्दै समाजसेवी गुरुवचन यादवले कर्मचारी र जनप्रतिनिधि बिच समन्वय र सहकार्यको दुरी भएको भन्दै त्यसलाई कम गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गरेका थिए । आम नागरिकलाई पनि खुल्ला रुपले बोल्ने वातावरण बनाई सुचनाको हकलाई कार्यन्वयन गर्न आग्रह गरेका थिए ।
यसैगरी सामुदायिक प्रकोप ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले कोटहीमाई गाउँपालिकालाई ब्यवस्थित तथा सुशासनमुखी बनाउन निर्माण गरिएको विभिन्न ऐन तथा कार्यविधिहरु निस्पक्षरुपले कार्यनवयन गर्न आग्रह गरेका थिए । गाउँपालिका भित्र शिक्षालाई प्रथमिकतामा राखेर योजनाहरु निर्माण गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरेका थिए । आइपर्ने विभिन्न किसिमका बिपदले हुने घटनाहरुलाई न्युनिकरण गर्न पुर्वतयारी गर्न गाउँपालिकालाई आग्रह गरेका थिए ।
कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, कोटहीमाई ५ का वडा सदस्य हबिब खाँन, वडा नंं ७ का वडा सदस्य इसराक अहमद खाँ लगायतकाले मानतब्य राखेका थिए ।
कोटहीमाई गाउँपालिकाको वास संयोजक अजय सिंह क्षेत्रीले संचालन गरेको उक्त अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईको स्वागत मनतब्य राखेका थिए ।