रेशम चौधरीलाई छुटाउन सर्वोच्चको पत्र

मर्चवार न्यूज 367+ समाचार ( )
पक्राउ गर्न प्रहरीलाई पत्र लेख्ने कर्मचारी हिरासतमा
१७ वैशाख २०८२, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउन सर्बोच्च आदालतले पत्र लेखेको छ । चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि अदालतले अर्को पत्र पठाएपछि रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी गरिएको छ ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो । उनको कैद मिनाहा गर्ने निर्णय विरुद्ध दायर रिट विचाराधीन भएको अवस्था उनलाई पक्राउन गर्न भनी जारी भएको पत्रबारे सर्वोच्च अदालतले आन्तरिक रुपमा छानबिन थालेको छ ।

सर्वोच्चका शाखा अधिकृत बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको बुझिएको छ । उनले आफूखुशी पत्र लेखेको बयान प्रहरीलाई दिएको बताइएको छ ।

यस विषयमा सर्बोच्च अदालतले प्रेस विज्ञप्ती समेत निकालेको छ । चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृतलाई कारवाही गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार