श्री बिन्दवासिनी स्वावलम्बनको ५२ लाख भन्दा बढीको सम्पत्ति बृद्धि

मर्चवार न्यूज 367+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

मर्चवार । श्री बिन्दवासिनी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाले एक सभाको आयोजना गरि आर्थिक वार्ष २०८०÷८१ को कारोबार विवरण पेश गर्दै उक्त सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष लालबदन सिंहले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले ५२ लाख २९ हजार ४०१ रुपैयाले सम्पत्ति बृद्धि गरेको बताए । आ.व. २०७९÷०८० मा १ करोड ४२ लाख ९२ हजार ७६३ रुपैयाको सम्पत्तिबाट आ.व.२०८०÷०८१ मा १ करोड ९२ लाख २२ हजार १६४ कायम गरेको अध्यक्ष सिंहले जानकारी दिएका छन् । ३ सय ५० जना रहेका शेयर सदस्यहरुको शेयर पुँजी १२ लाख ५ हजार ४ सय ६३ रुपैया रहेको अध्यक्ष सिंहले जानकारी दिएका छन् । संस्थाले दिइने विभिन्न सेवा तथा मल बिक्री गरी भएको नाफाबाट संस्थामा भएको खर्च कटाई ५९ हजार ५६० रुपैया शुद्ध नाफा भएको उनले बताए । 


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अदहम अली देवानले सहकारी र सरकारको सम्बन्ध नजिक बनाउनपर्ने बताए । वडा स्तरबाट गर्नेसक्ने हरेक सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका थिए । वडाध्यक्ष देवानले भने ‘बिन्दवासिनी स्वावलम्बनको लागि तत्काल कम्प्युटर र प्रिन्टर लगायत आवश्यक सामाग्री खरीद गर्न बजेट ब्यवस्थापन गरेकोे छु । सहकारीबाट माग भए तत्काल उपलब्ध गराउनेछु ।’ सहकारीले जग्गा उपलब्ध गराए सहकारीको आवश्यक भवन समेत निर्माण गर्न स्थानीय तह संगै विभिन्न निकायसँग समन्वय गरी बजेट उपब्लध गारउने उलने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारीले सहकारी आमनागरिकले बनाएको संस्था भएकोले यसमा सरकारले चासो दिएर काम गर्नुपर्ने बताए । स्थानीय सरकारले पनि सहकारी क्षेत्रमा लगानी गर्न चासो नदिएकोले सहकारी क्षेत्रको विकास हुन नसकेको उनले बताए । सहकारी तालिम, सहकारी संस्थाको आवश्यक संचारना लगायतका क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरेका थिए । 

संस्थाका अध्यक्ष लालबदन सिंहको अध्यक्षता तथा ब्यवस्थापक दिलीप सहानीको संचालनमा सम्पन्न उक्त सभामा विभिन्न स्वावलम्बनका अध्यक्ष, ब्यवस्थापक, संचारकर्मी, प्रहरी, शेयर सदस्य लगायत स्थानीयहरु उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार