पूर्वराजाको चाहनाले गणतन्त्र हट्दैनः देउवा

मर्चवार न्यूज 367+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै नेपालबाट गणतन्त्र नहट्ने बताउनु भएको छ ।

लुम्बिनीमा आयोजित नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनगर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

कांग्रेस सभापति देउवाले पूर्वराजाको नाममा हुलहुज्जत भएको टिप्पणी गर्नुभयो । सभापति देउवाले पूर्ब राजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको र उहाँमा त्यसका लागि आवश्यक ‘नेचर’ समेत नरहेको दाबी गर्नुभयो । 

सभापती देउवाले नेपालमा गणतन्त्र बलियो रूपमा स्थापित भइसकेको भन्दै पूर्वराजाको चाहनाले गणतन्त्र नहट्ने बताउनुभयो । सभापती देउवाले पूर्वराजाले देखाइरहेको व्यवहारप्रति प्रश्न उठाउँदै भन्नुभयो, “ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?” 

देशभरका नागरिक गणतन्त्रको पक्षमा एकजुट रहेको भन्दै उहाँले पुनः राजतन्त्र फर्किन नसक्ने दाबी गर्नुभयो । “जसले जती चाहेपनि गणतन्त्र हटनेवाला छैन” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै