प्रहरीकै गेटमा पूर्वमन्त्री गुप्तामाथि हातपात

मर्चवार न्यूज 367+ समाचार ( )
११ कार्तिक २०८१, आइतबार

मर्चवार ११ कार्तिक । लुम्बिनी प्रदेशका पुर्व मन्त्री प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता माथि हातपात भएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीको  गेटमै आएर गुप्तामाथि हातपातको प्रयास गरिएको र सँगै रहेका पार्टीका कार्यकर्ता बिन्ध्याचल यादवमाथि योजनाबद्ध रुपमा २५–३० जनाको समूहमा आइ कुटपिट गरी सख्त घाइते बनाएको जनमत पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीले प्रेस विज्ञप्ती जारी गरेको छ । 

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कार्तिक १० गते शनिबारका दिन दिउँसो १२ बजेको समयमा जनमत पार्टीका लुम्बिनी प्रदेश सांसद सिके गुप्ता तथा अन्य कार्यकर्ताहरु सहित रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय, लुम्बिनीमा वादविवाद सम्बन्धी छलफल गराउन जाने क्रममा भएको घटनाप्रति जनमत पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । ’


प्रहरी कार्यालयको गेटमै लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री समेत रहनुभएका र प्रत्यक्ष निर्वाचित प्रदेश सांसद जस्तो गरिमामय व्यक्ति सवार प्रदेश ३–०१ च ६६२७ नम्बरको सवारीसाधनलाई रोकेर आक्रमण गर्नु निकै खेदपूर्ण भएको गुप्ताले बताए । 

‘घटनामा हाम्रा कार्यकर्ता विन्ध्याचल यादवलाई निर्घात कुटपिट गरी खुट्टा र टाउकोमा ठुलो असर पर्ने गरी घाइते बनाइएको, उहाँसँग रहेको मोबाइल र सांसद् गुप्ता सवार गाडीमा समेत ठुलो क्षति पुग्ने गरी भएको उक्त घटनाको सत्यतथ्य छानबीन गरी यस्ता आपराधिक क्रियाकलापमा संलग्न र आपराधिक मानसिकता भएका दोषीहरुप्रति कानून बमोजिम हदैसम्मको कारवाहीका लागि यसै विज्ञप्तीमार्फत सम्बन्धित निकायसँग जोड़दार माग गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

यसप्रकारको अराजक ढंगले सुनियोजित रुपमा घटाइएको घटनाप्रति जनमत पार्टी रूपन्देहीले घोर भत्र्सना एवं निन्दा गरेको उनको भनाइ छ ।

‘यस किसिमका घटना घटाइ साम्प्रदायिक र राजनीतिक लाभ लिन खोज्ने तत्वलाई समेत निरुत्साहन गर्दै अवस्थालाई अझ तनावपूर्ण हुन नदिनका लागि पार्टीको निर्देशन मानि संयमित व्यवहार देखाउने सम्पूर्ण कार्यकर्ताप्रति समेत जिल्ला समितिको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छौं । यस्ता घटनाहरुलाई निरुत्साहित गरी शान्त र सभ्य समाज निर्माणमा सबै पक्ष एकजुट भएर अगाडी बढ्न हार्दिक अपिल गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।

समाजिक संजालमा दुई पक्षीय बादवादले उक्त घटना उत्पन्न भएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक दीपक मगरातीले बताए । उनले भने ‘समाजिक संजालमा दुई पक्ष बिच भएको विवादबारे छालफल गर्ने क्रममा इप्रका आगाडी भिड जम्मा भएको बेला पुर्व मन्त्री गुप्ता आएको समय केही आक्रोसित ब्यक्तीहरु गाडीमाथि आक्रमण गरेका हुन् । ’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार